TagaroNews
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

काठमाण्डौ – कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताको लागि उपस्थित हुन कार्यालयले भनेको छ ।

परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ । परीक्षा समयभन्दा १ घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने कार्यालयले जनाएको छ ।

परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू लैजान निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अरु अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै ४ वर्षसम्म परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयको चेतावनी छ ।

सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update