TagaroNews
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो ।

सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो ।

२०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update