TagaroNews
लमजुङमा सेयर निष्कासनको तयारीमा सुपर न्यादी हाइड्रो
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिदै ।

लमजुङ – लमजुङको ङादी खोलमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाले प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको छ । 

सिउरी न्यादी पावर लिमिटेड कम्पनीले निष्कासन गर्न लागेको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीले निर्माणाधीन आयोजनामा लगानी व्यवस्थापनका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ । सेयर निष्कासनका लागि आगामी आगामी फागुन ९ गते हुने वार्षिक साधारणसभामा प्रस्ताव गरिएको छ ।

सभाले प्रस्ताव पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । रन–अफ–रिभर मोडेलमा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम ६५ प्रतिशत पूरा भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update