TagaroNews
लमजुङमा विप्लव समूहद्धारा प्रशासकीय अधिकृतमाथि हातपात 

राइनास – नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका कार्यकर्ताले लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माथि हातपात सहित दुर्व्यवहार गरेका छन ।

आइतबार बिहान सवा १० बजे प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल कार्यकक्षमा काम गरिरहेकै बेला विप्लव समूहका दुई कार्यकर्ताले एक्कासी आएर हातपात सहित दुर्व्यवहार गरेको नगरपालिकाले जनाएको छ । 

बिप्लवका कार्यकर्ता बताउने उनिहरुले प्रशासकीय अधिकृत पौडेलसँग कुरा गर्न खोज्दा आफु काममा व्यस्त रहेको र पछि समय दिने पौडेलले जवाफ दिएपछि हामीलाई समय नदिने भन्दै एक्कासी हातपात गरेको नगरपालिका स्रोतले बताएको छ । 

बिप्लव समुहको नेकपाका लमजुङ सेक्रेटरी रविन्द्र नखोलालाई पहिचान गरेको र अरु एक जनालाई पहिचान गर्न नसकेको कर्मचारीहरुले बताएका छन् ।

घट्ना लगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक विज्ञप्ती निकाल्दै यस घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । यस घट्नाले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्दै सेवामा खटिएका कर्मचारीहरुको असुरक्षा बढेको भन्दै सेवामा कर्तव्यनिष्ट कर्मचारीको मनोवल गिराउने कार्य प्रति घोर भत्र्सना गरेका छन् । 

उनीहरुले घट्नाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् । यता घट्नामा संलग्नहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update