
काठमाडौँ – काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलका नेताहरूप्रति लक्षित गर्दै पुनः एकपटक चुनौति दिएका छन् । प्रमुख बालेनले पसामाजिक सञ्जालमार्फत् नेताहरूलाई काठमाडौँको हितमा काम नगरे सिंहदरबार अरू नै पालिकामा सार्न भनेका छन् ।
उनले सम्पदा, संस्कृति, कला चाहिने तर राजनीति भने नचाहिने पनि बताएका छन् ।प्रमुख बालेनले फेसबुकमा लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नूहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नूहोस्। हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नूस कि राज्धानी सार्नूस्। हामीलाई हाम्रो सम्पदा, संकृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’
उनले आइतबार सिंहदरबार, बालुवाटार र शीतलनिवासका फोहोर नउठाउने बताएसँगै त्यहाँको फोहोर उठेको छैन । त्यसको भोलिपल्ट उनले सिंहदरबारको फोहोर नउठ्ने कारण पनि बताएका थिए । प्रमुख बालेन अराजक बन्दै गएको भन्दै मन्त्रिपरिषदको बैठकले जिम्मेवारी बोध गरी काम गर्न उनलाई निर्देशनसमेत दिएको थियो ।
प्रमुख बालेनले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको बताउँदै आइरहेका छन् ।