TagaroNews
जापानमा हृदयाघातका कारण लमजुङका एक युवाको मृत्यु 

बेसीशहर - लमजुङका एक युवाको जापानमा मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दोर्दि गाउँपालिका- ६ घर भएका २२ बर्षिय युवराज तामाङ रहेका छन् ।

जापानको नागोया सहरमा बस्दै आएका उनको हृदयाघातको कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । उनी शैक्षिक भिसामा गत बर्ष माघमा जापान गएका थिए । 

नेपाली समय अनुसार मंगलबार बिहान ३ बजे मृत्यु भएको बारे जानकारी आएको उनका काका राम लामाले तगारो न्यूजलाई जानकारी दिए । उनको शब नेपाल ल्याउन पहल भएको समेत उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update