TagaroNews
लमजुङमा सेयर निष्कासन गर्दै सुपर खुदी हाइड्रो
सम्झौतापत्रमा हस्ताक्षर पश्चातको समूहिक तस्बिर ।

बेसीशहर - लमजुङको खुदी खोलामा २६ मेगावाटको अप्पर खुदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सुपर खुदी हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कास गर्ने तयारी गरेको छ ।

सय रुपैयाँ अंकित ६९ लाख ७६ हजार कित्ता सेयर निष्कास गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कास गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

सेयर निष्कासनका लागि दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रवि कुमार गौतम र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । 

अप्पर खुदी खोला जलविद्युत आयोजना रन अफ रिभर प्रकारको आयोजना हो । आयोजनाबाट वार्षिक १२९.१९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update