
लमजुङ - लमजुङको दोर्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोर्दी गाउँपालिका- ४ का ५० वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटना परी ३ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि लमजुङ अस्पताल लमजुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । उनका अनुसार जिपमा चालकसहित ६ जना रहेको थियो । चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० २२:१६
प्रतिक्रिया दिनुहोस्