
लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएराती घरसहित पसलमा आगोलागी हुँदा अज्ञात रहेकी महिलाको मृत्यु भएको छ । अज्ञात रहेकी ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाच्न सफल भएका थिए ।
सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया निस्सासिनुका साथै पछि आगलागीबाट बाहिर निस्कन नसकेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीबाट महिलाको शव पूरै जलेको अवस्थामा भेटिएको छ ।
फलामे पोल गाढेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको पसल सहितको घर पूर्णरुपमा जलेर नष्ट भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थानेश्वर चपाईले बताए । उनका अनुसार आगलागीबाट ग१६प ३९३८ नम्बरको मोटरसाइकल पनि जलेको छ । आगलागीको कारण र क्षतिबारे हालसम्म केहि खुलेको छैन ।
घटनाको सबै विवरण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेसीशहर नगरपालिका–२, गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती स्याँगेमा बिगत करिब १८ बर्षदेखी किराना र कपडा पसल सञ्चालन गरेर बस्दै आएका थिए ।
यो पनि..
मध्यरातमा लमजुङमा घर जल्यो, श्रीमान बाँचे, श्रीमतीको अवस्था अज्ञात