TagaroNews
कालिका सहकारी ठगी प्रकरणः ३० लाख धरौटी बुझाएर तारेखमा छुटे घिमिरे
मृगेन्द्र घिमिरे ।

बेसीशहर – लमजुङको कालिका सहकारी ठगी प्रकरणमा पक्राउ परेका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे धरौटीमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत लमजुङका श्रेस्तेदार भेषराज पौडेलको इजलासले घिमिरेलाई ३० लाख रुपैँया धरौटी रकम बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको हो । 

घिमिरेलाई काठमाडौंको कलंकीमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको थियो । गत कार्तिकमा उनी बिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनी फरार रहँदै आएका थिए ।

सहकारी ऐन कसुर मुद्धामा सरकारी वकिलको कार्यालयबाट जिल्ला न्याधिवक्ता पूर्णबहादुर थापा मगरले बहस गरेका थिए भने, प्रतिवादीका तर्फबाट अधिवक्ता विजयप्रकाश अधिकारीले बहस गरेका थिए । 

पक्राउ पुर्जी जारी भएकी उनकी श्रीमति विनिता अधिकारी घिमिरे भने, अझै फरार छिन् । सहकारी ठगीको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी सम्बद्ध ३४ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा पहिलो चरणमा ६ जना र त्यसपछि थप १ जना गरी ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 

त्यतिबेला पक्राउ परेका ७ जना जिल्ला अदालत लमजुङको आदेशमा धरौटीमा रिहा भइसकेका छन् । 

यो पनि..

लमजुङको कालिका सहकारी ठगी प्रकरण: पक्राउ परेका ७ जना धरौटीमा रिहा

सहकारी ठगी प्रकरणः लमजुङको कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा

सहकारी ठगीः लमजुङको कालिका सहकारीका अध्यक्ष सहित ६ जना पक्राउ, दुई फरार

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update