TagaroNews
सरकार र मिटरब्याज पीडितको वार्ता भंग
फाइल तस्बिर ।

काठमाडौँ – मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै मिटरब्याज पीडितले सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेका हुन् ।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।

प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update