TagaroNews
मृगौला पिडित गुरुङलाई सिउरुङ सेरोफेरो समाज युकेद्वारा सहयोग 
मृगौला पिडित गुरुङलाई सहयोग रकम हस्तान्तर गरिदै ।

बेसीशहर - लमजुङको मर्स्याङ्दी गाउँपालिका- ३ सिउरुङका मृगौला पिडित सुक बहादुर गुरुङलाई सिउरुङ सेरोफेरो समाज युकेले आर्थिक सहयोग गरेको छ । शनिबार मृगौला पिडित गुरुङको घरमा एक कार्यक्रम गरी समाजले पठाएको १ लाख ४८ हजार २० रुपैँया हस्तारण गरिएको छ ।

गुरुङ बिगत २ बर्ष देखी मृगौला फेल भई चितवन भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन निकै गाह्रो भएकोले केही हदसम्म मलमपट्टी होस् भन्ने हेतुले आर्थिक सहयोग उपलब्ध गराइएको समाजका अध्यक्ष श्री नन्द बहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङको बिशेष पहल र  बेसीशहर निवासी धन प्रसाद गुरुङको बिशेष सहयोगमा विभिन्न सहयोगी दाताहरुसँग सो रकम संकलन गरिएको हो । उक्त रकम मर्स्याङ्दी गाउँपालिका कार्यपालिका सदस्य पार काशी गुरुङ, सिउरुङ गाउँ नयाँदेवी टोल सुधार समितिका अध्यक्ष बखत बहादुर गुरुङ, आमा समुहको अध्यक्ष तो माया गुरुङ, शिक्षक उमर गुरुङ, बुद्धिजीवी समाजसेवी दिल प्रसाद गुरुङ, लालजित गुरुङ, धिराज गुरुङ लगाएतले पिडितलाई हस्तान्तरण गरेका थिए । 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update