TagaroNews
अस्पताल गएका वृद्धको पेटमा बोतल भेटियो

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।

बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले जानकारी दिए । उनका अनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोतल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update