TagaroNews
लमजुङबाट मोटरसाईकल चोरेर फरार रहेका दुई युवा पक्राउ
मोटरसाईकल चोरीमा संलग्न दुई युवा ।

बेसीशहर – लमजुङबाट मोटरसाईकल चोरेर फरार रहेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–८ बस्ने १९ बर्षिय बिसाल कुमाल र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ बस्ने २४ बर्षका अनिष बानिया रहेका छन् ।

उनीहरु गत मंसिर २५ गते सोमबार राती ११ बजे सुन्दरबजार नगरपालिका–९ स्थित युवराज गुरुङले आफ्नो कोठा अगाडी पार्किङ गरी राखेको प्रदेश ०३–०२, ००६ प २७६१ नम्वरको २०० सीसी एनएस पल्सर मोटरसाईकल चोरी गरी फरार थिए ।

दुधपोखरी गाउँपालिका –३ बस्ने ३३ बर्षिय श्याम गुरुङको नाममा रहेको उक्त मोटरसाईकल चोरी भएको उजुरी पश्चात प्रहरीले अनुसन्धान गर्दा उनीहरुलाई मंसिर २९ गते बिहिबार काठमान्डौबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पेक्टर थानेश्वर चपाईले बताए । 

उनका अनुसार फरार रहेका उनीहरुलाई तार्केश्वर नगरपालिका–११ मा मोटरसाईकल सहित लुकिछिपि बसेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई आइतबार लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update