
बेसीशहर – लमजुङ प्रहरीले शारीरिक अपाङ्गता भएकी २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ७ बस्ने ५२ बर्षका शेर बहादुर भाट रहेका छन् ।
उनले सो युवतीलाई दिउँसो घरमा कोहि नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई मंसिर २४ गते आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जवरजस्ती करणी गर्ने उद्योगमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख डिएसपी मिन बहादुर घलेले बताए ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० १५:४१
प्रतिक्रिया दिनुहोस्