TagaroNews
लमजुङमा बाइकको ठक्करले बृद्धाको मृत्युः फरार चालक १३ दिनपछि पक्राउ 
फाइल तस्बिर ।

बेसीशहर – लमजुङमा बाइकले एक बृद्धालाई ठक्कर दिएर फरार रहेका चालक १३ दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका– ७ घर भएका १८ बर्षिय सौगात परियार रहेका छन् । 

उनले डुम्रे–बेसीशहर सडक खण्ड अन्तर्गत बेसीशहर नपा–२ बोहोराबेसीमा गत मंसिर १३ गते बुधबार बिहान करिब १० बजे स्थानीय पैदल यात्री ८० बर्षिय मनमायाँ धिताललाई ग९प ७६०६ नम्बरको २२० सिसि पल्सर बाइकले ठक्कर दिएर फरार थिए । 

उनलाई मंगलबार बेसीशहर नपा–११ चिति स्थित उनको मामाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बाइकको ठक्करबाट गम्भिर रहेकी धितालको उपचारको क्रममा मंसिर १५ गते शुक्रबार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको थियो । 

पक्राउ परेका परियारलाई सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।

फरार रहेका बाइक चालकलाई सिसिटिभी फुटेजमा देखिएको दृश्य ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update