
बेसीशहर – लमजुङ सदरमुकाम बेसीशहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
मनाङको ङिस्याङ गाउँपालिका–६ घर भई बेसीशहर नगरपालिका–७ मनाङ्गेचौतारामा डेरामा बस्दै आएकी ५२ बर्षिय पासाङ गुरुङ कोठामै भुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब १० बजे श्रीमान छेतन गुरुङ दहि किन्न बजार निस्केका थिए । फर्किएर आउँदा ढोका भित्रबाट बन्द रहेको र ढक्डकाउँदा कुनै प्रतिक्रिया नआएपछि उनले हारगुहार गरेका थिए ।
श्रीमान र स्थानीयले ढोका फुटाएर हेर्दा उनी कोठमभित्रै पंखाको सिलिङमा शलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मनाङमा चिसो मौषम सुरु भएसँगै श्रीमान श्रीमती बिगत ३ महिना अघि देखी बेसीशहरमा डेरामा बस्दै आएका थिए ।
घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक गुरुङको शव पोष्टमार्टमको लागी लमजुङ अस्पतालमा राखिएको छ ।
उनीहरुको छोरा छोरी नभएको पाइएको छ ।