TagaroNews
लमजुङ आएर ओलीले भने, ‘वर्तमान सरकार कायमै रहे देश टाट पल्टिन्छ’
एमाले अध्यक्ष ओलीलाई मायाको चिनो बख्खु ओडाउँदै जिल्ला अध्यक्ष अधिकारी ।

सुन्दरबजार – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र टाट पल्टाएर वर्तमान सरकारले मुलुक असफल राष्ट्र बनाएको आरोप लगाएका छन् । 

नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समिद्धिका लागी संकल्प यात्राको क्रममा शुक्रबार लमजुङको सुन्दरबजार स्थित खत्रीठाँटीमा भएको सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार कायमै रहे देश झन टाट पल्टिने दाबी गरेका छन् ।

उनले वर्तमान सरकारले नेतृत्व लिएको अढाई बर्षमा मुलुकमा राजनिति अस्थिरता, अन्यौल्ता, अराजकता बढेको भन्दै उनले मुलुकलाई अस्थिरता तर्फ ढाल्ने शक्ति समेत सलवलाएको बताए । 

अध्यक्ष ओलीले देशलाई सहि मार्गदिशामा फर्काउन र समृद्धमा डोर्‍याउन नेकपा एमालेको विकल्प नरहेको जिकिरि समेत गरे । 

मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न तय भएको नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा शुक्रबार ९ औँ दिन लमजुङ आइपुगेको हो । 

अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताए । मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको उनको भनाइ थियो ।

एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले शीर्ष नेताहरुको सहभागीता थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update