TagaroNews
थप १ सय ६ जनामा कोरोना 

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४ सय ८८ नमुनामध्ये ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९ सय ४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तो कोरोनाको सक्रिय संक्रमितको संख्या ४ सय ३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

बिहिबार मात्रै ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले  कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update