TagaroNews
पुस दोस्रो सातादेखी ‘त्रिवेणी कप’ फुटवल शुरु, विजेतालाई ८ लाख 
फाइल तस्बिर ।

बेसीशहर – लमजुङमा आगामी पुस दोस्रो सातादेखी जिल्लाकै सर्वाधिक धनराशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगीता शुरु हुने भएको छ ।

आयोजक त्रिवेणी युवा क्लवले मंगलबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै पुस १२ गतेबाट खेल सञ्चालन गरिने जानकारी गराएको हो । क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ । गतवर्ष पुरस्कार ५ लाख रुपैँया थियो । 

३१ औं संस्करणको प्रतियोगीता बेसीशहर स्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ् । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १/१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । 

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०/२० हजार रुपैयाँ पाउनेछन् । क्वाटर फाइनल देखी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिनेछ् । टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ । टिमदर्ता पुस ८ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ ।

जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले यसवर्ष पुरस्कार राशी बढाएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार ए डिभिजनका क्लव खेलमा सहभागी भए उनीहरुलाई सिधै क्वाटर फाइनल खेलमा सहभागी गराइनेछ ।

२०४९ सालमा क्लब गठन भएसँगै क्लबले खेतबाट १ खसी र ३ हजार पुरस्कार राशिबाट सुरु भएको प्रतियोगिता अहिले जिल्लाकै सबैभन्दा ठुलो प्रतियोगिता बनेको हो । यसबर्षको प्रतियोगीतामा दैनिक ७ हजार र प्रतियोगीता अवधिभर करिब ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगीता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ । 

यस्तै पुस १५ गते तमु ल्होसारको दिन त्रिवेणी साँझ साथै फुड फेस्टिवल गरिनेछ । फेस्टिवल पुरानो बैैंक चोक देखी मनाङ्गेचौतारा सम्म हुनेछ् । त्रिवेणी साँझ सञ्चालनका लागी १० लाख ७५ हजार अनुमानित खर्च हुने आयोजकले बताएको छ ।

क्लवद्धारा आयोजित पत्रकार सम्मेलन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update