TagaroNews
५० मेगावाट माथिल्लो मर्स्याङ्दी–ए आयोजनामा खटाउन कर्मचारी माग

लमजुङ - उत्तरी लमजुङको भुलभुलेमा सञ्चालित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनामा खटाउन ४ जना कर्मचारी माग गरिएको छ ।

सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले निर्माण गरेको उक्त जलविद्युत आयोजनामा दक्ष तथा प्राविधिक कामदारको आवश्यक परेको हुँदा कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजनामा १ जना मर्मत विभागको लागि, २ जना अपरेटर र १ जना प्रमुख सेफ्टी अफिसरको माग गरिएको हो ।

मर्मत विभागको लागि इन्जिनियरिङ विषयमा डिप्लोमा गरी सम्बन्धित काममा कम्तीमा पनि ४ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यस्तै, अपरेटरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा डिप्लोमा गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी, चिफ सेफ्टी अफिसरका लागि एमबिए गरी सम्बन्धित क्षेत्रमा करिब ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

आवेदन दिदाँ बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।


 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update