TagaroNews
लमजुङ सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जना पक्राउ 

सुन्दरबजार -  लमजुङको सुन्दरबजारमा जुवा (कौडा) खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नपा– ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा गएराति पौने ११ बजे हारजितको बाजी राखेर जुवा (कौडा) खेलिरहेका जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार घरधनी श्रेष्ठसँगै पक्राउ पर्नेहरुमा एक जना बेसीशहर नगरपालिका भित्रको र अन्य सबै सुन्दरबजार नगरपालिकाभित्रका छन् । उनीहरुको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका उनीहरुको नामथर, ठेगाना रुजु गर्ने कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मीनबहादुर घलेले बताए । पक्राउ परेकाहरुलाई आज म्याद थप गरि अनुसन्धान थालिने प्रहरीले जनाएको छ । यसबारे अन्य विवरण आउन भने, बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update