
काठमाडौं- सन् २०२६ को विश्वकप र २०२५ को एसियन कपको दोस्रो चरणको छनोटमा नेपाल युएईसँग फराकिलो अन्तरले पराजित भएको छ । युएईमा आज भएको खेलमा नेपाल घरेलुटोलीसँग ४–० गोल अन्तरले पराजित भएको हो । नेपालले सुरुमा केही सम्हालिए पनि ११ औं मिनेटबाट गोल खान सुरु गरेको थियो ।
११ औं मिनेटमा युएईका खलिफा अल हमादीले हेडर गोल गर्दै अग्रता दिलाए । ३७ औं मिनेटमा नेपालले दोस्रो गोल व्यहोर्न पुगेको थियो । नेपालका अमृत श्रेष्ठले युएईका बेखिटलाई फल गरेपछि पाएको पेनाल्टीलाई युएईका अलि मखबुटले सहजै गोलमा परिणत गरेका थिए ।
४४ औं मिनेटमा अलि मखबूटले व्यक्तिगत दोस्रो गोल गर्दा युएई ३–० ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले गोल गरेपछि युएईले पहिलो हाफमै ४–० को शानदार अग्रता बनाएको थियो । दोस्रो हाफमा भने नेपालले उत्कृष्ट कमब्याक गर्दै युएईलाइ थप गोल गर्न दिएन ।
युएईबाट फर्किएपछि नेपालले नोभेम्बर २१ तारिखमा यमनसँग दशरथ रंगशालामा अर्को खेल खेल्ने छ ।