TagaroNews
सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले पाए जग्गा 
जग्गा धनि पूर्जा वितरण गर्दै आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला ।

सुन्दरबजार – लमजुङ सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले जग्गा धनि पूर्जा पाएका छन् । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले सुन्दरबजार नगरपालिका भित्र हालसम्म पहिचान भएका ४७ जना भूमिहीन दलित तथा सुकुमबासी मध्य २३ जनालाई शुक्रबार जग्गा धनि पूर्जा वितरण गरेको छ । 

राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले शुक्रबार सुन्दरबजारमा आयोजीत कार्यक्रममा उनीहरुलाई  जग्गा धनि पूर्जा वितरण गरे । 

उनले जिल्लाका बाँकी रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जतिसक्दो छिटो पहिचान गर्न समेत निर्देशन गरे । 

४७ मध्ये २३ जनाले जग्गा धनि पूर्जा पाएपनि बाँकी रहेकाहरुको प्रक्रिया पुरा गरी छिट्टै वितरण गरिने राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।

सुन्दरबजार नगरपालिका–७ को टुनिपाटमा र वडा नं. ८ को पिपलपाटमा रहेको सार्वजनीक जग्गामा रहेका भूमिहीन दलित र सुकुम्बासीले जग्गा धनि पूर्जा पाएका हुन् ।

वडा नं. ७ का १२ जना र वडा नं. ८ का ११ जनाले जग्गा धनि पूर्जा पाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update