TagaroNews
विश्वकप छनोट: नेपालले यमनसँग मंसिर पहिलो साता भिड्ने

काठमाडौं -  फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरण र एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत पहिलो लेगमा नेपाल र यमन मंसिर पहिलो साता भिड्ने भएका छन्। 

अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने छ ।

यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने छ । यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

विश्वकप छनोटकालागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य छानिने छ ।शाहका अनुसार खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

दोस्रो चरणको सम्पूर्ण खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update