TagaroNews
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने
जिल्ला प्रशासन कार्यालय लमजुङ

काठमाडौँ - देशभरका सरकारी कार्यालय बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था गरेको छ ।

दिनहरू पनि छोटो हुने र जाडोयामसमेत भएकाले सरकारले कात्तिक १५ देखि माघ १५ सम्म सरकारी कार्यालयको कार्यालय समय एक घण्टा कम हुने प्रावधान गर्ने गरेको हो ।

जसअनुसार अब बिहान १० बजे खुलेका सरकारी कार्यालय बेलुका ४ बजेनै बन्द हुनेछन् । यी तीन महिनाबाहेकको समयमा भने, सरकारी कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुला हुनुपर्ने व्यवस्था छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update