TagaroNews
जीप दुर्घटना अपडेट: गम्भीर तिनलाई थप उपचारमा रिफर

लमजुङ - लमजुङ दोर्दीमा जीप दुर्घटनामा परी गम्भिर घाईते भएका तीन जनालाई थप उपचारका लागी काठमाडौं र चितवन रिफर गरिएको छ । 

दुर्घटनामा गम्भीर घाईते रहेकी दोर्दी गापा–३ बस्ने ५० बर्षिय प्रेम कुमारी गुरुङलाई नमूना हस्पिटलमा सामान्य उपचार पश्चात् थप उपचारका लागि चितवन स्थित सिएमसी अस्पताल रिफर गरिएको छ । उनको दुबै हातको कुम र पातामा फ्याक्चर भएको छ ।

यस्तै गम्भीर घाइते राइनास नपा– ८ हर्राबोटका १३ वार्षिय युबक कृश्टल गुरुङलाई थप उपचारका लागी ग्रेण्डी हस्पिटल काठमाडौं रिफर गरिएको छ । उनको दुबै खुट्टा फ्याक्चर भएको छ । 

त्यस्तै गम्भिर रहेकी दुधपोखरी गापा–६ की ३६ बर्षिय मोनिका घलेलाई पनि थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । उनको टाउकोमा गम्भिर चोट रहेको छ ।

घाईतेमध्ये आमा छोरी रहेका राइनास नपा–८ हर्राबोटका ४४ बर्षिय दुधकाशी गुरुङ र १७ बर्षिय निकिता गुरुङको शरिरमा भित्रिचोट देखिएको छ । उनीहरुको नमूना हस्पिटलमा उपचार भैरहेको र रिफर बारे कुरा चलिरहेको प्रहरीले जनाएको छ । 

घाईतेहरु अन्यको अवस्था सामान्य नै छ । उनीहरुको नमूना हस्पिटलमा उपचार भैरहेको छ ।

सामान्य घाईतेहरुमा दुधपोखरी गापा–६ की २७ बर्षिय संगिता घले गुरुङ, सोहि स्थानकी २४ बर्षिय मुना घले, बर्ष १ की बालिका पृया गुरुङ, बर्ष १२ का जियष घले, बर्ष ८ का जियन्स घले, बर्ष २९ की पुजा गुरुङ, बर्ष ७ का स्यरल गुरुङ, बर्ष ६८ का नरमान गुरुङ र बर्ष ४४ की यो माया गुरुङ छन् । 

यस्तै राइनास नपा– ८ की ४४ बर्षिय दुरकाशी गुरुङ, दोर्दी गापा–३ की १९ बर्षिय हेमा गुरुङ र चालक बेसीशहर नपा– १ का ३१ वार्षिय सन्तोष गुरुङ रहेका छन् ।

बुधबार बिहान पौने ९ बजे दुधपोखरी गापा–६ ओखरीबाट यात्रु बोकेर श्रीमञ्याङ हुँदै भोटेओडार तर्फ आउँदै गरेको ग१ज ६३९१ नम्बरको बोलेरो जीप दोर्दी गापा–३ श्रीमञ्याङ नयागाउँको चिसापानी ओरालोमा दुर्घटना भएको हो ।

जीप ओभरलोड भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरिको प्रारम्भिक अनुमान छ । जीप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

यो पनि..

लमजुङ दोर्दीमा जीप दुर्घटना: एक गम्भीर, दर्जनबढी घाइते

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update