TagaroNews
लमजुङ दोर्दीमा जीप दुर्घटना: एक गम्भीर, दर्जनबढी घाइते

लमजुङ - लमजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइते मध्ये चार जनाको अबस्था गम्भीर रहेको छ । सुरुमा एक जना गम्भीर भनिएकोमा पछि संख्या थप हुन आएको हो । 

आज बिहान पौने ९ बजे दुधपोखरी गापा-६ ओखरीबाट यात्रु बोकेर श्रीमञ्याङ हुँदै भोटेओडार तर्फ आउँदै गरेको ग१ज ६३९१ नम्बरको बोलेरो जीप दोर्दी गापा-३ श्रीमञ्याङ नयागाउँको चिसापानी ओरालोमा दुर्घटना भएको हो ।

जीप ओभरलोड भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरिको प्रारम्भिक अनुमान छ । जीपमा चालक सहित कति यात्रु सवार थिए अझै खुलेको छैन । किनकी घाइते बाहेक जीपमा अन्य कति थिए नखुलेको हो ।

घाइतेहरु मध्ये केहिको बेसीशहर स्थित लमजुङ अस्पतालमा उपचार भैरहेको छ भने, धेरैलाई उपचारका लागी सुन्दरबजार स्थित नमूना हस्पिटल  लगिएको छ । 

तगारो न्युजलाई प्राप्त जानकारी अनुसार दुर्घटनामा घाइते मध्ये गम्भीर रहेकी दोर्दी गापा-३ बस्ने ५० बर्षिय प्रेम कुमारी गुरुङलाई नमूना हस्पिटलमा सामान्य उपचार पश्चात् थप उपचारका लागि चितवन स्थित सिएमसी अस्पताल रिफर गरिएको छ । 

यस्तै अर्का गम्भीर घाइते राइनास नपा- ८ हर्राबाेटका १३ वार्षिय युबक कृश्टल गुरुङलाई थप उपचारका लागी ग्रेण्डी हस्पिटल काठमाडौं रिफर गरिएको छ । 

जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटना स्थलमा प्रहरी पुगेर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ । 

रिफर बाहेकका प्राप्त घाइतेहरूको विवरण  
१ - संगिता घले गुरुङ, बर्ष २७ दुधपोखरी - ६ 
२- मुना घले, बर्ष २४ दुधपाेखरी - ६
३- पृया गुरुङ,  बर्ष १ दुधपोखरी - ६
४- दुरकाशी गुरुङ,  बर्ष ४४ राइनास - ८ 
५ - हेमा गुरुङ,  बर्ष १९ दोर्दी - ३
६- मोनिका घले, बर्ष ३६ दुधपोखरी - ६
७ - जियुष घले,  बर्ष  १२ दुधपाेखरी - ६
८ - जियन्स घले, बर्ष ८  दुधपाेखरी - ६
९ -  नरमान गुरुङ,  बर्ष ६८ दुधपोखरी - ६
१० - पुजा गुरुङ,  बर्ष २९ दुधपोखरी - ६
११ -  स्यरल गुरुङ, बर्ष ७ दुधपाेखरी - ६
१२ - यो माया गुरुङ,  बर्ष ३५ दुधपोखरी - ६
१३ - निकिता गुरुङ, बर्ष १७ राइनास - ८ (गम्भीर)
१४ - दुरकाशी गुरुङ,  बर्ष ४४ राइनास - ८ (गम्भीर)
१५ - सन्तोश गुरुङ, बर्ष ३१ बेसीशहर - १ (चालक )

 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update