
काठमाडौं - हेलिकप्टर दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ ।
गत असोज २७ गते शनिबार उनले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो ।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ ।मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो ।
दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० ०९:३८
प्रतिक्रिया दिनुहोस्