TagaroNews
लमजुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सुन्दरबजार - लमजुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नपा- २ परेवाडाडा स्थित सुन्तलेटारका ३६ वार्षिय मंग प्रसाद सेढाई रहेका छन् ।

गएराती (छिमेकी गाउँ) तनहुँको भानु नपा- ११ रूपाकोट टुहुरेपसलबाट ग१ज ७२७२ नम्बरको आफ्नै जीप चलाएर नाउदी खोला तरि लमजुङ तर्फ घर फर्किने क्रममा घर नजिकै सुन्तलेटारमै सडकबाट जीप खस्दा सोही जीपले च्यापेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

घटनाबारे आज बिहानमात्र थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान  ८ बजे घटनास्थल पुगेको प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय भोटेवडारका प्रमुख इन्सपेक्टर साकार राज पन्तले बताए । 

मृतक चालक सेढाईको शबलाई सुन्दरबजार नगरपालिकाको शबबहान मार्फत पोष्टमाटर्मको लागि सदरमुकाम बेसीशहर स्थित लमजुङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भैरहेकोले अन्य थप विवरण आउन भने, बाकी  छ ।

चालकको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update