TagaroNews
अस्पतालमा आगलागी हुँदा डायलिसिस गराइरहेका बिरामीको मृत्यु

सिरहा– सिरहा सदरमुकाम सिरहा बजारस्थित प्रादेशिक अस्पतालमा आगलागी हुँदा भाग दौड भएपछि डायलिसिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ ।

अस्पतालको जेनेरेटरमा बुधबार दिउँसो आगलागी भएपछि भाग दौड हुँदा मिर्गौलाको उपचार गराइरहेका सिरहा बरियारपट्टीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हो । 

डायलिसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो । दासलाई रगत चढाइरहँदा आगलागी भएपछि स्वास्थ्यकर्मीले रगतको पाइप छुटाएको तर क्याब लगाउन बिर्सिएका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । 

सिरहा नगरपालिकाको वारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update