TagaroNews
९० मेगावाट मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पिपिए 

काठमाडौं - तनहुँ र गोरखा जिल्लाको भानु तथा पालुङटार नगरपालिकामा अवस्थित ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनी एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्यले कात्तिक १ गते उक्त पिपिएमा हस्ताक्षर गरेका हुन् । 

प्राधिकरणले आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरीद गर्ने र सोही मूल्यामा आयोजनाले प्राधिकरणकालाई उक्त बिजुली बिक्री गर्ने गरी सम्झौता भएको छ ।

आयोजनाले हिउँदमा १८४.६७ गिगावाट र ३७७.९३ गिगावाट  उत्पादन गर्ने छ । आयोजनाको व्यापारिक उत्पादन मिति (आरसीओडी डेट) २०८६ साल बैशाख २२ गते रहेको छ । सोही समयसम्म आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए । 

आयोजनाको इआइए अध्यन भई अन्तिम चरणमा रहेका छ । आयोजनाको वित्तीय व्यवस्थापानका लागि नेपाली बैंक तथा वैदेशिक लगानीको लागी लगानीकर्ताहरूसँग आवश्यक प्रक्रिया अघि बढाई सकिएको प्रवद्र्धक कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update