TagaroNews
इजरायलमा ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रै नेपाल ल्याइने
इजरायलमा हमासको आक्रमण हुँदाको तस्बिर ।

काठमाण्डौ – इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव केही दिन भित्रमा नेपाल ल्याइने भएको छ । 

इजरायलमा रहेको नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ । दूतावासका अनुसार पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउन लागिएको हो ।

ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनाएको हो । 

बाँकी पाँच शवको पहिचानको काम भइरहेको छ । गएको असोज २० गते आक्रमणमा परी बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी तीव्र पारिएको पनि दूतावासले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update