TagaroNews
ढाकाकुमार पार्टीको सदस्यता तथा सांसद पद खारेज

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार श्रेष्ठको सांसद पद समेत गएको छ । 

“अनुशासन समितिले कारवाहीको सिफारीस गरेको थियो त्यसलाई बैठकले अनुमोदन गर्यो,” उनले भने, “उहाँ साधारण सदस्य र सांसद नरहेनगरी कारवाही भएको छ ।” डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update