TagaroNews
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाद्वारा पोषाक सहयोग

लमजुङ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाद्वारा उत्तरी लमजुङको एक विद्यालयमा नयाँ पाेषाक सहयोग गरेको छ । 

संस्थाले मर्स्याङ्दी गापा - ६ नाईचेमा रहेको नयाँ ज्योति आधारभुत विद्यालय तथा भुगोलबिद स्व डा. हर्क गुरुङ पुस्तकालयमा नयाँ  पोषाक प्रदान गरेको हो । 

संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा घटस्थापनाका दिन १७ जना विद्यार्थीलाई पोषाक प्रदान गरेको शाखा प्रमुख राजु गुरुङले बताए । 

ग्रामीण क्षेत्रमा निम्नस्तरका विद्यार्थी मात्रा रहेको हुँदा स्कुल पोषकको अभाब रहेकोले नयाँ पोषाक सहयोग गरेको उनको भनाई छ ।

संस्थाको यो सामाजिक कार्यको प्रशंसा गर्दै विद्यालयका अध्यक्ष कुमार गुरुङ, प्रअ कवी जङ गुरुङ लगायत अभिभावकहरुले धन्यवाद व्यक्त गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update