TagaroNews
तनहुँमा नक्कली नोटसहित २ जना पक्राउ 

तनहुँ - तनहुँमा नक्कली नोटसहित २ जना युवक  पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको बुलिङटार गापा-१ थामबेंसी ठिमुरेटोलका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३० वर्षीय गमबहादुर गरन्जा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १ सय ७६ थान नोट बरामद भएको छ । प्रहरीले तनहुँको व्यास नपा-१ गल्वुबेंसीबाट उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।  

उनका अनुसार पक्राउ गरी सोधपुछ गर्दा साथी गरन्जालाई बन्दीपुर गाउँपालिका-१ डुम्रेबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update