
मनाङ - हिमाली जिल्ला मनाङमा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।
तिलिचो ताल पुगेर फर्किएका उनको मनाङको ङिस्याङ गापा–९ स्थित माथिल्लो श्रीखर्क नजिकै बाटोमा बुधबार बिहान शव फेला परेको मनाङ प्रहरीले जनाएको छ ।
उनी मंगलबार राती तिलिचो बेसक्याम्पमा बसेको र बुधबार बिहान हिडेर खाङ्सार तर्फ फकर्ने क्रममा लेक लागेर बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
प्रहरीको टोली घटनास्थलमा पुगेर युवकको शवलाई सदरमुकाम चामेतर्फ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्सपेक्टर पुष्कर कार्कीले जानकारी दिए ।
अन्य थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० २०:३६
प्रतिक्रिया दिनुहोस्