TagaroNews
नेपाली उद्धारमा इजरायल उड्ने जहाज १५ घण्टामा काठमाडौं आइपुग्ने
फाइल तस्बिर ।

काठमाडौं - इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुने भएको छ ।

नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ । जहाज ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण गर्नेछ ।

दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उड्ने यो जहाज ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्नेछ । यहाँबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुग्ने छ ।

दुबईसम्म सेड्यूल फ्लाइट

दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि नियमित उडान रहेको छ । यो उडानलाई केही पछाडि धकेलेर दुबई जाने यात्रुलाई सँगै लिएर जहाज उड्ने छ ।

ती यात्रुलाई झारेर इजरायल जाने नेवानिको जहाजले उताबाट भने रेस्क्यू उडानका रुपमा उडान गर्नेछ । सो जहाजले नेपालीहरुलाई लिएर काठमाडौं आउने छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडानका लागि आवश्यक अनुमति लिने काम तदारुकताका साथ भइरहेको जानकारी दिए । -onlinekhabar

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update