TagaroNews
पोखराका चार पत्रकार पुरस्कृत

पोखरा- नेपाल पत्रकार महासंघ कास्की शाखाले  ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघको ६८ औं स्थापना दिवस अवसरमा  महासंघको शभाहलमा बुधबार आयोजित समारोहमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चारै जना पत्रकारहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो । 

पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई र संस्थागत सम्मान २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो पुरस्कारको राशि रु.३५ हजार र सम्मान पत्र रहेको छ ।  त्यस्तै पत्रकार भुपाल गुरुङलाई टंकादेवी(तुलसीप्रसाद पत्रकारिता पुरस्कार, पत्रकार गौरव त्रिपाठी र दुर्गा रानालाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी रु.२० हजार र सम्मान पत्र तथा युवा प्रोत्साहन पुरस्कारको राशी रु. ११ हजार र सम्मान पत्र  रहेको शाखाका सचिव माधव बरालले जानकारी दिए । 

शाखाको अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन सचिव माधव बरालले र स्वागत उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले गरेका थिए । सम्मानित पत्रकारहरु सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफुलाई थप जिम्मेवारी र उर्जा थपेको वताए । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update