TagaroNews
दशैंको टीका: कुन देशमा कति बजे शुभ साइत ? (सूचीसहित)

काठमाडौं - अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।

समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको जानकारी दिए । 
अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको छ ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् । 

कुन देशमा कति बजे लगाउने टीका हेर्नुहोस् 


 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update