TagaroNews
स्व. मातापिताको सम्झनामा त्रिभुवन माविमा पूर्व विद्यार्थी ढुङ्गानाद्धारा अक्ष्यकोष खडा 
अक्ष्यकोषको रकम विद्यालयलाई हस्तान्तरण गर्दै शोभा देवी ढुङ्गाना ।

रुपाकोट – तनहुँको भानु नगरपालिका–११ रुपाकोट मानेचौका स्थित त्रिभुवन माविमा एक पुर्व विद्यार्थीले आफ्ना स्व. माता पिताको नाममा अक्ष्यकोष खडा गरेकी छन् ।

विद्यालयकी पूर्व विद्यार्थी भानु नपा–११ राम्चे माइती भई लमजुङको बेसीशहर नगरपालिका ७ निवासी शोभा देवी ढुङ्गानाले आफना स्व. पिता श्रीराम ढुङ्गाना (रोहिणी राज ढुङ्गाना) र स्व. माता सम्झना ढुङ्गानाको स्मृतिमा अक्ष्यकोष स्थापना गरेकी हुन् ।

विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार, अनुशासित छात्रछात्राहरुले रु. ५० हजार ५५५ को बार्षिक ब्याजबाट पुरस्कार पाउने गरी अक्ष्यकोष स्थापना गरी सहयोग गरेको विद्यालयका प्रअ हिरामणी ढुङ्गानाले बताए । 

उनी त्रिभुवन माविको २०३७ सालको एस.एल.सी.ब्याजकी छात्रा हुन् । शैक्षिक गुणस्तरमा आफनो छुट्टै पहिचान बनाएको त्रिभुवन माविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आफनो थोरै सहयोग मिलोस भन्ने हेतुले स्व. माता पिताको नाममा सहयोग गरेको उनले बताइन् । 

उनी लमजुङका विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय छिन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update