
लमजुङ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले आईतबार १० लाख ४८ हजार रुपैँया मृत्यु दाबी भुक्तानी गरेको छ ।
लमजुङको दुधपोखरी गापा–६ का मृतक कृष्ण गुरुङको परिवारलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम गर्दै इन्स्योरेन्सले सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष धन प्रसाद गुरुङ, वडा नं. ६ का अध्यक्ष मनिष गुरुङ, कम्पनीका लमजुङ शाखा प्रमुख राजु गुरुङ र बजार प्रमुख लक्ष्मी धिताल लगायत अन्य एजेन्सी म्यानेजरहरुको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरेको शाखा प्रमुख गुरुङले बताए ।
मृतक बीमितको हकवाला बुवा भिम राज गुरुङको नाममा जारी गरिएको दाबी भुक्तानी रकमको चेक हस्तान्तरण गरिएको हो । बीमित कृष्ण गुरुङको गत भदौ २ गते कास्कीको रुपाकोटमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो ।
मृतक गुरुङ पोखराको अमरसिङ चोकमा ब्रिगेट गोर्खा तालिम केन्द्रका संचालक थिए ।