TagaroNews
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित
नवराज शर्मा

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ लयाए भने, अधिकारीले ३ सय ६५ मत पाए ।

नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् । 

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update