TagaroNews
कोभिड अपडेटः थप एकको मृत्यु, १ सय २१ नयाँ संक्रमित 

काठमाडौँ — कोभिड संक्रमणबाट बुधबार थप एकको मृत्यु भएको छ । मंगलबार पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय २० पीसीआर र १ हजार ७ सय ५७ एन्टिजेन गरी कुल २ हजार ३ सय ७७ जनाको परीक्षणमा १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआरतर्फ ५८ र एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४ सय ४५ रहेको छ । मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । हाल आईसीयुमा ११ जना र भेन्टिलेटरमा ३ जना कोभिड संक्रमित उपचाररत छन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update