TagaroNews
एमाले गण्डकी अधिवेशनः नेतृत्व चयनमा ४ बजेपछि चुनावी प्रक्रिया 
पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र ।

पोखरा – नेकपा एमाले गण्डकीको अधिवेशनमा आज ४ बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ ।

हिजो दिउँसो उद्घाटनपछि पोखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ बजेपछि चुनावी प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिइन् । आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधवार चुनाव गर्ने तयारी रहेको आचार्यले बताइन् ।

गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ । 

गण्डकीमा ११ जिल्ला र जनसङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update