TagaroNews
लमजुङ बेसीशहरको एक घरबाट दिउँसै सुन चोरी
सांकेतिक तस्बिर ।

बेसीशहर - लमजुङ सदरमुकाम बेसीशहरमा बिहिबार दिउँसै सुन चोरी भएको छ । बेसीशहर नपा–७ स्थित जनविकास माविको गेट नजिकैको एक घरबाट दिउँसै सुन चोरी भएको हो ।

स्थानीय सन्त बहादुर तामाङको घरबाट बिहिबार दिउँसो ११ः३० देखी २ बजेको समयमा ८ तोला बढी सुन चोरी भएको देखिएको प्रहरीले जनाएको छ । 

सन्तबहादुर र उनकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढी सुन चोरी भएको हो । तीन तले घरमा सन्तबहादुर दिउँसो सबैभन्दा माथिल्लो फल्याटको कोठमा सुतेका थिए । उनको छोरी र साली दिउँसो अफिस गएका थिए । 

दिउँसो आफु निद्रामा परेका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको थाहा पाएपछि तत्काल उनले प्रहरीमा खबर गरेका थिए । 

सुन चोरीको घटनाबारे अनुसन्धान अघि बढाएको र चोरीमा संलग्नको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताए । 

लमजुङमा पछिल्लो समय श्रृंखलाबद्ध रुपमा सुन चोरीको घट्ना घटिरहेको छ । सुन चोरीको आरोपमा बेसीशहरकी एक युवती यसअघि पक्राउ परेपनि उनलाई अदालतले ४ लाख धरौटीमा छोडेको छ ।  

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update