TagaroNews
टी–२०आई क्रिकेटमा कुशलको विश्व कीर्तिमानी शतक

काठमाडौं- नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् ।

चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएको हो ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल मल्लले ३४ बल खेल्दै ६ चौका र ९ छक्का मद्दतमा शतक पूरा गरेका थिए ।

उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान तोडेका हुन् ।

यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update