TagaroNews
लमजुङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
दुर्घटनामा मृत्यु भएका मनिष श्रेष्ठ ।

बेसीशहर - लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरदह नपा- ५, बालुवाथान घर भइ हाल बेसीशहर नपा- ८ शेरामा  बस्दै आएका २३ बर्षिय मनिष श्रेष्ठ रहेका छन् ।

गएराती पौने १२ बजे श्रेष्ठले चलाएको ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल बेसीशहर नपा-७ गैरीधारा नजिकै रोकिरहेको ग २ त ३८४२ नम्बरको टयाक्टरमा ठोक्किन पुगी दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागी लमजुङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा रातको १२ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

घट्नाबारे थप अनुसन्धान भैरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

उनी कामको सिलसिलामा बाबु आमा सँग लमजुङ आएपनि पछिल्लो समय आफनो दिदिसँग बेसीशहर नपा- ८ शेरामा कोठा भाडामा बस्दै आएका थिए ।

श्रेष्ठको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update