TagaroNews
लमजुङमा गुडिरहेको जीपबाट खस्दा बालकको मृत्यु
सांकेतिक तस्बिर ।

बेसीशहर – लमजुङमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ । बेसीशहर नपा–३ गाउँशहरबाट बेसीशहर –२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपमा झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।

दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भएपनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । 

चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update