TagaroNews
दोर्दी खोला जलविद्युतले हकप्रद सेयर निष्कासन गर्दै

लमजुङ - दोर्दी खोला करिडोरमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

दोर्दी खोला जलविद्युतले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ताँ हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ   ।

कम्पनीले १०० प्रतिशतका दरले हुन आउने १ः१ का अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो । 

दोर्दी खोला जलविद्युत आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ३५.७ प्रतिशत, आइएमई समूहको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update